गरिमा विकास बैंकका ग्राहकले ब्लुक्रस हस्पिटलमा छुट पाउने

लोकपथ
130
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित ब्लुक्रस हस्पिटलसँग हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा आर्कषक छुटसम्बन्धी सम्झौता गरेको छ ।

सम्झौताअनुरुप, ब्लुक्रस हस्पिटलले यस विकास बैंकका मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोगकर्ताहरुलाई स्ट्यान्डर्ड हेल्थ प्याकेज र वार्षिक हेल्थ स्क्रिीनिङ प्याकेजमा ४५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

साथै, अन्य स्वास्थ्य सेवाहरुमा पनि आर्कषक छुटको व्यवस्था गरेको छ । ग्राहकहरुले छुटसम्बन्धी विस्तृत जानकारी यस विकास बैंकको आधिकारिक वेवसाईटबाट पनि हेर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?