२३ असार २०७९, बिहीवार

ईपीएल लगायत फ्रेन्चाइज लिग अब क्षेत्रीय संरचनामा गर्नुपर्ने

२०७९,जेष्ठ,११,बुधबार १३:५१

153
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा सञ्चालनमा आएका निजी कम्पनीका फ्रेन्चाइज लिगलाई क्षेत्रीय लिगको संरचनामा सञ्चालन भए अनुमति दिने भएको छ ।

क्यानको बोर्ड बैठकले यसअघि हुँदै आएका लिगलाई क्षेत्रीय संरचनामा सञ्चालन भए अनुमति दिने निर्णय गरेको हो । क्यानले नेपाली क्रिकेटमा फ्रेन्चाईज लिगले पुर्‍याएको योगदानको कदरसहित धन्यवाद ज्ञापन गरेको छ ।

‘नेपालमा हालसम्म सञ्चालन रहेका अन्य फ्रेन्चाइज लिगहरूले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने’, क्यानको निर्णयमा उल्लेख छ ।

क्यानले यसअघि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गर्दै आधिकारिक नेपाल टी-२० लिग गर्ने घोषणा गरेको थियो । त्योसँगै नेपालमा सञ्चालनमा आएको एभरेष्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल )मारमा परेका थिए ।

यसअघि क्यान निस्क्रिय र आईसीसीको प्रतिबन्धमा पर्दा तीनवटै फ्रेन्चाइज लिग सञ्चालमा थिए ।

अब, भने यी तीनै लिग क्षेत्रीय संरचनामा गर्ने भए क्यानले अनुमति दिने भएको हो ।

‘संघको आफ्नै आधिकारिक लिग सञ्चालन हुने भएकाले अन्य कुनै पनि लिगहरूलाई राष्ट्रिय मान्यता प्राप्त लिगको रुपमा मान्यता नदिने, तर क्षेत्रीय लिगको संरचानामा सञ्चालन गर्ने अवस्थामा अनुमति दिने सकिनेछ,’ क्यानको निर्णयमा भनिएको छ ।

यसै हप्ता मात्र ईपीएल आयोजक र सहभागी सात क्लबका मालिकहरूले प्रतियोगिता आयोजना गर्न पाउनु पर्ने भन्दै पत्रकार सम्मेनल गरेपछि क्यानले यो निर्णय लिएको हो ।

प्रकाशित मिति: २०७९,जेष्ठ,११,बुधबार १३:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मलेसिया भ्रमणपछि थाइल्यान्ड पुगेको न्युरोड टिम एनआरटी अभ्यास खेलमा स्थानीय कासेम बन्डित युनिभर्सिटी एफसीसँग ५-२ अन्तरले पराजित भएको

काठमाडौं । न्यु जेनिथ र ग्रान्डी स्पोर्ट्स एकेडेमीले ऋत एसईई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन्

काठमाडौं । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै तत्कालिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को

काठमाडौं । मलेसियामा दुई मैत्रीपूर्ण खेलसँगै थाइल्यान्ड पुगेको न्युरोड टिम एनआरटीले बिहीबार स्थानीय कासेम बन्डित युनिभर्सिटीसँग खेल्दैछ । खेल नेपाली

ताजा समाचार