थप दुई कम्पनीले पायो आईपीओ निष्काशनको अनुमति

लोकपथ
377
Shares

काठमाडौं । थप दुई कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आदर्श लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।

आदर्श लघुवित्तले ६७ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नको लागि बोर्डमा निवेदन दिएको थियो । जसअनुसार १०० अंकित दरका कुल ६७ हजार कित्ता आईपीओ जारी गर्नेछ। संस्थाको आईपीओको बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडले गर्ने छ।

त्यसैगरी, राप्ती हाइड्रोले २८ लाख ४१ हजार ४१० कित्ता आईपीओ जारी गर्नेछ। आईपीओ स्थानीय र सर्वसाधारणका लागि निष्काशन गरिनेछ। राप्ती हाइड्रोको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?