गैरसरकारी संघसंस्थालाई वजेट मिलाइ दिने भन्दै २० लाख ठगी गर्ने खत्री पक्राउ

काठमाडौँ । नेपालको ग्रामीण क्षेत्रमा क्रियाशील गैरसरकारी संघसंस्थालाई ‘बजेट’ मिलाइ दिने भन्दै २० लाख ठगी गरेको नौलो घटना सार्वजनिक भएको छ । 

नेपालस्थित अमेरिकी राजदुतावासले उपलब्ध गराउने १० लाख डलरको ‘प्रोजेक्ट’ विभिन्न संघसंस्थालाई मिलाइ दिने भन्दै ठगी गरि फरार रहेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले काठमाडौँ डिल्लीवजारका २७ वर्षीय प्रशन्न खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । 

अमेरिकी एम्वेसीको नक्कली भिसा लगायतका कागज पत्र देखाउदै खत्रीले तीन ब्यक्तिबाट पटक–पटक गरी द कार्टर सेण्टर फर नेपाल पाmउण्डेसन नामक प्रोजेक्टबाट यतिको रकम उपलब्ध गराई दिने भन्दै २० लाख लिएको जानकारी ब्यूरो प्रहरीका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए । 

अभियुक्त प्रशान्तले आफूलाई डिस्कोभरी च्यानलको कर्मचारीका रुपमा परिचित गराउनका साथै अमेरिका आवात जावत गरि रहने र राजदुतावासमा राम्रो सम्वन्ध रहेकाले गैरसरकारी संस्थालाई अमेरिकी फण्ट सहजै उपलब्ध गराउन सक्नेसम्मको प्रलोभन दिएका थिए । 

सामाजिक सञ्जाल फेसबुकबाट साथी बन्न पुगेका पीडित र अभियुक्त खत्रीबीच प्रत्यक्ष भेटघाट नै नभएर अमेरिका घुमाउन लैजानेदेखि ग्रामीणक्षेत्रमा क्रियाशील गैरसरकारी संस्थालाई ‘फण्ड’ उपलब्ध गराउनेसम्मको वार्तालाप तथा रकम आदान प्रदान भएको थियो । 

‘फण्ड’ उपलब्ध गराइ दिने नाममा २० लाख अग्रिम कमिसन लिएका खत्री सम्पर्क विहीन भएपछि पीडितहरु आफू ठगिएको भन्दै उजुरी बोकेर ब्यूरो प्रहरी कार्यालयमा पुगेका थिए । खत्रीलाई गोकर्ण माकलवासीबाट पक्राउ गरी विद्युतिय कारोवार ऐन तथा ठगीमा मद्धा दर्ता गरि आवश्यक कारवाही भइरहेको ब्यूरोले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?