बौद्ध कथा लेखन प्रतियोगिता हुने

लोकपथ
182
Shares

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत बौद्ध अध्ययन संकायको आयोजनामा बौद्ध कथालेखन प्रतियोगिता हुने भएको छ ।

नेपाली साहित्यमा बौद्ध दर्शन, गौतम बुद्धको जीवनी, बुद्धकालीन, घटना तथा जातक कथाहरूको प्रवर्द्धन गर्ने हेतुले गर्न लागिएको सो प्रतियोगिताको लागि यही २८ जेठभित्र कथाहरू पठाउन सकिने छ ।

मूल्यांकन समितिबाट उत्कृष्ट ठहरिएका पाँच जनासहित अन्य दश जनालाई सान्त्वाना पुरस्कार दिइने र कथामा एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म शब्द हुने पर्ने शर्त राखिएको छ ।

संकायले पुरस्कृत कथाहरूको पुस्तक पनि निकाल्ने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?