तुलसीपुर उपमहानगरमा एमालेले मार्‍यो बाजी

लोकपथ
2.5k
Shares

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरुको जित पक्कापक्की देखिएको छ । मतगणना नसकिए पनि फराकिलो मतान्तर रहेका कारण मेयरमा एमालेका उम्मेदवार टिकाराम खड्की निर्वाचित भएका हुन् । खड्काले ३ हजार ३ सय ६६ ले अग्रता कायम गर्दा उनको जित सुनिश्चित भएको हो ।

जारी मतगणनामा खड्काले ३० हजार ३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६६९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगगरी उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवारले जित हासिल गरेका छन् । उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवार बनेकी स्यानी चौधरी फराकिलो मतान्तरले अघि रहेकाले विजयी भएकी हुन् ।

चौधरीले फराकिलो मतान्तरसहित निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानालाई नौ हजार २०१ मतान्तरले पछि पारेकी छन् । चौधरीले २९ हजार ३४५ मत प्राप्त गरेकी छन् भने रानाले २० हजार १४४ मत प्राप्त गरेकी निर्वाचन आयोगले जनाएको छ ।

तुलसीपुर उपमहानगरमा कुल ७४ हजार ३३६ मत खसेका थियो । हालसम्म ७१ हजार १६६ मत गणना सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?