काठमाडौं । प्रहरीले नयाँ बानेश्वर जागृती नगरबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका–९ घर भएका २६ वर्षीय सन्तोष लामा र सुनसरी धरान–१७ घर भएका २६ वर्षीय धनबहादुर राई छन् । उनीहरुको साथबाट प्रहरीले नुर्फिन ४८ एम्पुल, डाइजेल्याब ४८ एम्पुल, फेनारगन ४८ एम्पुल र ९५ थान सिरिञ्ज बरामद गरेको हो ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया