हजारे अभियान्ता डिवी क्षेत्री सवैको रोजाईमा

काठमाडौँ, २९ असोज- गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको सचिवमा डिबी क्षेत्री बलियो उम्मेदवार देखिएका छन् । अध्यक्षका प्रत्यासीद्धय जमुना घले र भवन भट्ट दुवै प्यानलका साझा उम्मेदवार क्षेत्रीलाई हजारे अभियान्ताका कारण पनि एनआरएन वृत्तमा विशेष रुचाईको सम्मेलनमा सहभागितको भनाई छ । एनआरएनएका मध्यपुर्व संयोजक समेत रहेका क्षेत्रीले मजदुर हित र अधिकारका लागि लडिरहने प्रतिबद्धता समेत जनाए ।सन २००९ देखि एनआरएनमा सक्रिय क्षेत्री ओमान एनआरएन एनसीसीको केन्द्रीय सदस्य, प्रवक्ता हुँदै २०११ देखी २०१५ सम्म लगातर २ कार्यकालका लागि अध्यक्ष समेत भएका थिए।खाडीमा काम गर्ने कामदारको सामाजिक सुरक्षाका लागि बिशेष पहल गर्दै आईरहेका क्षेत्री बिगत १३ वर्ष देखि ओमानलाई कर्मथलो बनाउँदै आएका छन् । ओमान आउनु अघि उनी ५ वर्ष साउदी अरबमा कार्यरत थिए ।बैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि सञ्चय कोषको ब्यवस्था, हाइड्रो पावर लगायत बिभिन्न योजनाहरुमा लगानीको वातावरण निर्माण र पर्यटन विकासमा टेवा पुर्याउने लगायतका योजनाहरु क्षेत्रीले अघी सारेका छन् ।२०१३ मा बहराईन सम्मेलनमा बैदेशिक कामदारहरुको लागि सामाजिक सुरक्षा कोष सम्बन्धी अबधारणा ल्याएका क्षेत्रीले २०१५ मा हजारे अभियान घोषणा गरेका थिए ।हजार अभियानकै स्वरुपमा नेपाल सरकारले हाल सञ्चय कोष सम्बन्धी अबधारणा ल्याएको छ । बैदेशिक रोजगारीलाई समेट्ने गरी ल्याईएको सञ्चय कोष सम्बन्धी उक्त कानुन श्रम मन्त्रालयमा छलफलको क्रममा रहेको छ ।डिवी क्षेत्रीले मध्यपुर्वमा रहेका नेपालीहरुको समस्या समाधानका लागि नीतिगत तहमा नै पहल भइरहेको जानकारी दिए । उनले भने–‘ मध्यपूर्वमा कामदारको धेरै समस्या–समस्या मात्र भनियो तर दीर्घकालिन समाधान गरिएन अव समाधान गर्ने योजनासहित सचिव पदमा उम्मेदवारी दिएको छु ।’एनआरएनएको अन्तराष्ट्रिय सम्मेलन आगामी अक्टोबर १४ – १६ मा काठमाडौं सम्पन्न हुन गईरहेको छ । उक्त सम्मेलनले २०१७ – २०१९ कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्नेछ । सम्मेलनमा विश्वका ७५ भन्दा बढी मुलुकका एनआरएनहरु उपस्थित हुनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?