११ असार २०७९, शनिवार

सुरक्षा सचेतना कार्यक्रम लिएर बर्दिबासकाे टोल-टोलमा पुग्दै प्रहरी

२०७९,जेष्ठ,१०,मंगलवार २१:३२

90
Shares

महोत्तरी । हर प्रहर गाउँ र नगरी, टोल-टोलमा नेपाल प्रहरी भन्ने मुख्य नाराका साथ इलाका प्रहरी कार्यालय बर्दिबासले सचेतना अभियान सुरुवात गरेको छ ।

प्रहरी नायव उपरीक्षक रवि रावलको संयोजकत्वमा सुरु भएको उक्त अभियान देउराली माध्यमिक विद्यालय बर्दिबासबाट औपचारिक शुभारम्भ गरिएको हो ।

अभियानको पहिलो दिन विद्यालयमा अध्ययनरत किशोरकिशोरीलाई लागूऔषधको विषयमा सजग गराइएको थियो ।

शान्तिपूर्ण एव सुरक्षित समाज निर्माणको लागी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यक्रमहरूलाई प्रभावकारी बनाउन स्थानीय तह र समुदायसँग छलफल भइरहेको प्रहरी नायव उपरीक्षक तथा इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले जानकारी दिए ।

प्रहरीले सुरुवात गरेको यो अभियानलाई स्थानीय समाजसेवी तथा राजनीति दलहरूले स्वागत गरेका छन् । पूर्व वडा अध्यक्ष तथा नेकपा एमालेका नेता फाल्गुन सुस्लिङ्ग मगरले शान्तिपूर्ण एव सुरक्षित समाज निर्माणको लागी यस्ता प्रहरीको यो भूमिका सराहनीय भएको बताए ।

मगरले भने स्ञ लागूऔषध न्यूनीकरण बर्दिबासमा ठुलो चुनौती बनिरहेको छ । यसलाई न्यूनीकरण गर्न प्रहरीका सचेतनामूलक कार्यक्रमहरू प्रत्येक विद्यालय र क्याम्पसमा लैजानुपर्छ ।झ

यसपछि किसाननगरमा चट्याङबाट बच्न अपनाउनु पर्ने कार्यक्रम र अन्य सुरक्षाका विषयमा सचेतना जगाउने कार्यक्रम रहेको नायव उपरीक्षक रावलले जानकारी दिए ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार २१:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको आफ्नो छुट्टै भूमिका रहेको हुन्छ । उनीहरू पनि जनताबाटै प्रत्यक्ष रुपमा निर्वाचित भएर

रसुवा । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ र क्यान्जिन क्षेत्रका चौँरी पालक कृषकलाई २५ किलो ढिके नुन र त्रिपाल वितरण गरिएको

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार ८५२ जनाको पिसिआर र

काठमाडौं । पर्सा, झापा, काभ्रे र बर्दियामा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६