रुकुम घटनाको दुई वर्ष : दोषीलाई कारबाहीको माग गर्दै विभिन्न स्थानमा प्रदर्शन

लोकपथ
481
Shares

जुम्ला । जुम्लामा जातीय व्यवस्थाविरुद्ध प्रदर्शन गरिएको छ । रुकुमपश्चिम सोती घटनाको दुई वर्ष पुग्दा पनि पीडित पक्षले न्याय नपाएको भन्दै जुम्लामा मंगलबार प्रदर्शन गरिएको हो । उक्त प्रदर्शनमा दोषीलाई हदै सम्मको कारबाहीको माग गरिएको छ ।

जुम्लाका युवा धनराज सुनारको अगुवाइमा जिल्ला प्रशासन कार्यालय अगाडि प्ले कार्डसहित सोती घटनामा पीडितलाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै जात व्यवस्थालाई अन्त्य गर्न जोडदार माग गरिएको थियो ।

‘देशमा जातीय विरुद्धका दर्जनौ कानुन निर्माण भएपनि नमराज विक हत्या काण्ड लगायतका थुप्रै जघन्य अपराधका दोषीलाई हदै सम्मको कारबाहि नहुनु दुखद् पक्ष हो’ उनले भने ।

दुई वर्ष पहिले आजकै दिन अर्को जातकी किशोरीसंग प्रेम गरेकै कारण रुकुम पश्चिमका नमराज विकसहित ६ जनालाई लखेटेर भेरीमा मारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?