११ असार २०७९, शनिवार

पेट्रोलियम पदार्थकाे मूल्य वृद्धिविरुद्ध सप्तरीमा प्रदर्शन

२०७९,जेष्ठ,१०,मंगलवार २०:०६

1.467k
Shares

सप्तरी । सप्तरीमा राष्ट्रिय एकता अभियानले पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ । राजविराजमा मंगलबार पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध अभियानले विरोध प्रदर्शन गरेको हो ।

अभियानका केन्द्रीय उपाध्यक्ष सुनिता साह र जिल्ला संयोजक सुनिता चौधरीको नेतृत्वमा ५० भन्दा बढी अभियन्ताहरूले राजविराजको शहिद चौकमा पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध नारा जुलुस गरेका छन् ।

विरोध प्रदर्शन कार्यक्रम निकम्मा सरकार मुर्दावाद, शेरबहादुर देवाव राजीनामा देउ, हाम्रो प्रदर्शन जारी रहने छ, पेट्रोलियम पदार्थको मुल्य बृद्धि कम गर्न नाराको लगाइएको दियो ।

त्यस्तै प्रदर्शनकारीहरुले पेट्रोलियम पदार्थको मूल्यावृद्धि फिर्ता गर, एलपीजी ग्यासको मूल्यवृद्धि महिलामाथिको अत्याचार हो, अकासिएको महँगी नियन्त्रण गर, आयल निगमको कमिसन तन्त्र बन्द गर र उर्जा मन्त्री राजीनामा दे लगायतका नारा लगाएका थिए ।

अभियन्ताहरु योगानन्द साह, डम्बर नारायण साहलगायतका अभियन्ताहरु प्रदर्शनमा सहभागी भएका थिए ।

प्रदर्शनका तस्बिरहरू :

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार २०:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा लेखा तथा प्रशासन तालिम शुक्रबारदेखि त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा सुरु भएको

सुनसरी । धरानको एघारौं नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले आर्थिक वर्ष २०७९/०८०काे बजेट प्रस्तुत गरेका छन् । उपमहानगरले आर्थिक वर्ष २०७९/०८०

धनुषा । जनकपुरधाम उपमहानगरको नगरसभामा उपप्रमुख किशोरी साहले ०७९/८० को बजेट प्रस्तुत गरेकी छन् ।  उपमहानगरले आर्थिक वर्ष ०७९/०८० का

धनगढी । धनगढीले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ । उपमेयर कन्दकला रानाले

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६