११ असार २०७९, शनिवार

सहिद स्मारक ‘सी’ डिभिजन लिग : झापालाई तीन अंकको अग्रता

२०७९,जेष्ठ,१०,मंगलवार २०:३३

72
Shares

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगको १०औं चरणका खेल समाप्त भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने तल्लो डिभिजनको लिगको अब तीन चरणका खेल बाँकी रहेका छन् ।

तीन खेल बाँकी रहँदा झापा फुटबल क्लब २५ अंक सहित शीर्षस्थानमा छ । झापाले तीन अंकको अग्रता बनाएको छ ।

यस्तै प्लानिङ ब्वाईज युनाईटेड र आरसी ३२ फुटबल एकेडेमी समान २२ अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।

जारी लिगबाट शीर्ष दुई टिम बी डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै पुछारको दुई टिम सी डिभिजन छनोटमा घटुवा हुनेछ ।

यस्तै महावीर क्लब १८ अंक सहित चौथो, १६ अंकको सानेपा पाँचौँ स्थानमा छन् । समान १४ अंकका पुलचोक स्पोर्टस् क्लब र समाज कल्याण खेलकुद केन्द्र क्रमशः छैटौँ र साँतौं स्थानमा छन् ।

खालीवाली यूथ एफसी र मनोहरा युनाईटेड क्लब १३ अंक सहित आठौं र नवौं स्थानमा छ । यस्तै रानीवारी स्पोर्टस् साँगाको नौं अंकसहित १२औं स्थानमा छ ।

यता, चार अंक सहित ओसिस क्लब र वीरगन्ज यूथ एकेडेमी क्रमशः १३औं र १४औं स्थानमा छ । दुवै टोली रेलिगेसनको संघारमा छन् ।

अंक तालिका :

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार २०:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । महेन्द्र रत्न क्याम्पस र रत्नराज्य क्याम्पस राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्

काठमाडौं । ४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभूवन

काठमाडौं । बरु लगातार दुई पटक लिग जित्न सजिलो, एन्फाको राजनीति भने नसकिने रैछ,’ यो भनाइ हो लगातार दुई पटक

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन २०२२–२३ को खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिकाअनुसार साविक विजेता

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६