११ असार २०७९, शनिवार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल

२०७९,जेष्ठ,१०,मंगलवार १९:५५

1.143k
Shares

हेटौंडा । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा गफाडीहरु जन्मिएको बताएका छन् ।

मंगलबार नेकपा एस मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधीहरुलाई बधाई तथा मतदाताहरुलाई धन्यवाद कार्यक्रममा बोल्दै नेपालले देशमा अनेक किसिमका गफ दिने गफाडीहरु जन्मिएको बताएका हुन् ।

उनले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई इङकित गर्दै रेल ल्याउँछु, के ल्याउँछु भन्दै गफ दिएको बताएका हुन् ।

‘जनताले के के न आउला भनेर आस गरे तर केही पनि आएन’ उनले भने । उनले हेटौंडाको मेयरमा निर्वाचित मीना कुमारी लामालाई बधाई दिँदै विगतमा हेटौंडाका मेयरहरुले गरेका राम्रा कामहरुलाई आत्मसाथ गर्दै काम गर्न आग्रह गरेका छन् । ‘जनता र नेताको सम्बन्ध भनेको नङ र मासु जस्तै हो,’ उनले भने ‘जनतासँगको सम्बन्धलाई बलियो बनाउनुस्, ।’ उनले आउँदो मंसिरभित्र नै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् ।

आठ महिनाको छोटो अवधीमा यो उपलब्धी पार्टीको सानो उपलब्धी नभएको बताएका छन् ।

‘शक्ति र संगठनलाई निर्माण गर्नुपर्दछ, असल गुण भएकाहरुलाई सम्मान गर्नुपर्दछ, उनले भने ‘हामीले असल मानिसहरुको खोजी गरिरहेका छौं, युवा पिढी खोजीरहेका छौं ।’ उनले आफ्ना कार्यकताहरुलाई धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र निर्वाचित भएका हर्कराज राई साम्पाङजस्तै बन्न आग्रह समेत गरेका छन् । असल गुण भएको मान्छेलाई सम्मान गर्नुपर्ने भन्दै कार्यकर्ता र नवनिर्वाचित जनप्रतिनिधिहरूलाई पनि सोहीअनुसार काम गर्न निर्देशन दिए ।

‘विभिन्न ठाउँमा कुनै गठबन्धनको सहयोग बिना नै हाम्रो सिंगो प्यानल विजयी भएको छ,’ उनले भने ‘गठबन्धनको प्रत्येक घटकहरुले चुनावमा भाग लिएका थिए तर सबैले आ–आफ्नो हैसियत मत परिणाममा देखेका छन् ।’

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार १९:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले मूल्यवृद्धि विरुद्ध एक् साता लामो आन्दोलनको घोषणा गरेको छ । शुक्रबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नवनियुक्त चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय सम्पर्क बिभागका मन्त्री लिउ जियान्चाओबीच भर्चुअल बैठक भएको छ।

  नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ । पार्टी सभापति

बहुपदीय प्रणालीमा सहमति भएसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए)मा पहिलो कार्यकारी अध्यक्ष भएका हुन् कुल आचार्य ।एनआरएनएको इतिहासमै पहिलोपटक बनेको यो

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६