मंगलबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संघीय संसद् भवनमा प्रतिक्रिया दिँदै भट्टराईले नीति तथा कार्यक्रममा सुधारको संकेत गरिएको बताए ।
‘आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखिएको छ। तर मेरो विचारमा सामान्य सुधारले पुग्दैन’, उनले भने, ‘सुधारात्मक कुरा सकारात्मक छन्। तर पर्याप्त छैन ।’