एनएमबि बैंक २१.९३ मेगावाटको कावेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

लोकपथ
91
Shares

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको कावेली ३ जलविद्युत आयोजना काबेली हाइड्रोपावर कम्पनी प्रालिद्वारा प्रवर्द्धन गरिएको जलविद्युत आयोजना हो ।

यस आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सह—वित्तीय करणमा सहभागी अन्य बैंकमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रहेको छ । २१.९३ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत ४ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ । जसमध्ये बैकहरुको ऋण लगानी ३ अर्ब २१ करोड ३० लाख रुपैयाँ रहनेछ । यो आयोजना समेत एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको पर्यावरण र सामाजिक निर्देशिका अनुसार एनएमबि बैंकले वातावरण र सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ । बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणालीअन्तर्गत प्रचलित अन्तराष्ट्रिय अभ्यासलाई आत्मा सात गर्दै जलविद्युतका आयोजनामा लगानी गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?