अजोड इन्स्योरेन्सका सीईओ खत्रीको कार्यकाल थप

लोकपथ
130
Shares

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको कार्यकाल थप भएको छ ।

संचालक समितिको यही बैशाख १५ गते बसेको १०४औँ बैठकको निर्णयानुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीको दोस्रो कार्यकाल चार बर्ष थप गरी स्वीकृतिका लागि बीमा समितिमा पेश भएको थियो ।

कम्पनीका अनुसार समितिबाट स्वीकृत प्रदान गरी यही जेठ नौं गते सोमबार पत्र प्राप्त भई पुनः चार वर्ष कार्यकालको पदभार सम्हालेको कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?