महालक्ष्मीको आयोजनामा १ हजार २८ जनाले गरे रक्तदान

लोकपथ
0
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड २८औँ वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाकोरुपमा मनाउन लागेको बैंकले आफ्नो २८औँ वार्षिकोत्सवको अवसरमा वृहत रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले देशका विभिन्न स्थानमा रहेका आफ्ना ३१ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम गरेको हो ।

बैंकले ३१ वटा शाखाहरुमार्फत बीच बजार ८२, खुर्रखुरे ५५, नारायणगढ ४९, कमाने ४७, टिकापुर ४६, हेटौंडा ४४, नेपालगञ्ज ४२, थापाथली ४०, महाराजगंज ३८, पुतलिसडक ३८, धनगढी ३६, डडेल्धुरा ३५, भक्तपुर ३२, डल्लु ३१, कावासोती ३१, भाटभटेनी ३०, दरबारमार्ग ३०, जनकपुर २९, भैरहवा २८, तिनचुली २८, झम्सीखेल २७, शंखमुल २७, न्यूरोड काठमाडौं २७, कालिमाटी २६, टाँडी २३, मैतिदेवी २१, कुमारीपाटी १९, इटहरी १९, परासी १८, महेन्द्रनगर १५ र रुपनी १५ गरी कुल १०२८ (एक हजार अठ्ठाइस)पिन्ट रगत संकलन गरेको छ । यो संख्या बैंक तथा वित्तीय संस्थाहरु मार्फत रगत संकलन गरिएका रेकर्डहरुमा हालसम्म कै सबैभन्दा उच्च रहेको छ ।

स्वास्थ्य क्षेत्रमा अभावकारुपमा देखापर्ने रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले २८ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । बैंकले देशभर फैलिएर रहेका १०३ शाखाहरुबाट थप विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु आउँदा दिनहरुमा पनि प्रभाकारी रुपले निरन्तर सञ्चालन गर्दै जाने प्रतिवद्घता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?