एनआइसी एसिया बैंकको नायव प्रमुख कार्यकारीमा सन्तोष राठीको बढुवा

लोकपथ
312
Shares

काठमाडौं। एनआईसी एसिया बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार राठी नियुक्त भएका छन्। बैंकको जेठ ८ को सञ्चालक समितिको बैंठकले राठीलाई आगामी साउन १ गतेदेखि लागू हुने नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो।

बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत उनलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को इ.प्रा.निर्देशन नं. ६/०७८ को बुँदा नं. ७ (१) (छ) मा भएको व्यवस्था बमोजिम बैंकको सञ्चालक समितिले आगामी साउन १ देखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत थिए। २०६४ मंसिर १९ देखि तत्कालीन बैंक अफ एसिया नेपालको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट उनले एनआईसीमा करियर सुरु गरेका हुन्।

विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका हुन्। समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधीकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता राठीसँग रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बैंकिङ क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगालेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?