सेञ्चुरी बैंकको ऋणपत्र बाँडफाँट

लोकपथ
156
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वैशाख २१ गतेदेखि जेठ ४ गतेसम्मे बिक्री गरेको ऋणपत्र आज बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल, काठमडौंमा बिहानऋणपत्र बाँडफाँट भएको हो । बैंकले १० वर्षे अवधिको वार्षिक साढे १० प्रतिशत ब्याजदरको ऋणपत्र बिक्री गरेको थियो ।

२ हजार २६२ जना आवेदकहरुबाट प्राप्त ७८ हजार ३७० कित्ता डिबेन्चर र परिपत्र विधिबाट बिक्रीको लागि छुट्याइएको १३ लाख २० हजार कित्ता डिबेन्चरमा सर्वसाधारणको तर्फबाट आवेदन प्राप्त नभएको ७ लाख ९१ हजार ६३० कित्ता डिबेन्चर समावेश गरी जम्मा २१ लाख ११ हजार ६३० कित्ता डिबेञ्चर परिपत्र विधिबाट बिक्री खुल्ला गरिएकोमा माग बमोजिम नै अर्थात २१ लाख ११ हजार ६३० कित्ता डिबेन्चरका लागि दरखास्त प्राप्त हुन आएकोले सर्वसाधारण र परिपत्र विधिबाट रीतपूर्वक दरखास्त दिएका आवेदकहरुलाई कुल २१ लाख ९० हजार कित्ता डिबेन्चर बाँडफाँट गरिएको हो ।

बैंकले २ हजार २७२ जना आवेदकहरुबाट ७८ हजार ७८५ कित्ता डिबेन्चरको लागि आवेदन प्राप्त भएकोमा १० जना आवेदकहरुको हकमा निजहरुको अनुरोध बमोजिम ४१५ कित्ता डिबेन्चर रद्द गरिएको बैंकले जनाएको छ ।

बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख ऋणपत्रमध्ये ८८ करोड बराबरको ८ लाख ८० हजार कित्ता (१० हजार कित्ता सामूहिक लगानीकोषलाई समेत) सर्वसाधारणका लागि र रू. १ अर्ब ३२ करोड बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुमा बिक्री गरेको हो ।

यस ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?