११ असार २०७९, शनिवार

सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने

२०७९,जेष्ठ,१०,मंगलवार १८:१३

0
Shares

काठमाडौं । सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने जनाएकी छन् ।

विज्ञान, गणित, अंग्रेजी र प्रविधि शिक्षकको अभाव नहुने गरी सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपातको आधारमा शिक्षक दरबन्दी पुनरावलोकन गरिने उनले उल्लेख गरेकी छन् ।

त्यस्तै, गुणस्तरीय शिक्षाको राष्ट्रिय मानक निर्धारण गर्ने विशिष्टीकृत नमुना विद्यालय सञ्चालनमा ल्याइने सरकारको नीति तथा कार्यक्रममा समावेश छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकास र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने उनले बताइन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार १८:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुनसरी । धरानको एघारौं नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले आर्थिक वर्ष २०७९/०८०काे बजेट प्रस्तुत गरेका छन् । उपमहानगरले आर्थिक वर्ष २०७९/०८०

धनुषा । जनकपुरधाम उपमहानगरको नगरसभामा उपप्रमुख किशोरी साहले ०७९/८० को बजेट प्रस्तुत गरेकी छन् ।  उपमहानगरले आर्थिक वर्ष ०७९/०८० का

धनगढी । धनगढीले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ । उपमेयर कन्दकला रानाले

पोखरा । पोखरा महानगरपालिकाले आज नै करिव साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने भएको छ । महानगरका मेयर र नेकपा

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६