पुरानो बसपार्कमा फोहोरको डङ्गुर, सर्वसाधारण भन्छन् ‘श्वासै फेर्न सकिन्न’

काठमाडौं । राजधानीको सर्वाधिक भीड हुने ठाउँमध्ये एक हो पुरानो बसपार्क । उपत्यकाभित्रका अधिकांश ठाउँ साथै उपत्यका बाहिर बनेपासम्म पुग्ने गाडीहरुको साझा ‘पार्किङ स्थल’ ।

त्यसैले पनि यहाँ दिनभर यात्रुहरुको उत्तिकै चहलपहल देख्न सकिन्छ । 

गाडी चढ्न र ओर्लन मात्र नभएर विभिन्न गन्तव्यमा हिँडेका पैदल यात्री लगायत ससाना छाप्रोमा, नाङ्लोमा पसल थाप्नेहरुको पनि साझा चौतारी हो बसपार्क । 

तर, केही समय यता भने बसपार्कमा नयाँ समस्या  थपिएको  छ : फोहोर, सडकका खाल्टाखुल्टी र हिलो । जसले गर्दा त्यहाँको अस्तव्यस्तता र कुरुपता झनै झाँगिएको छ । 

बाटो ढाक्ने गरी थुपारिएको डुङ्डुङ्ती गन्हाउने फोहोरको रास, गाडी भासिने बडेमनका खाल्टाखुल्टी र त्यहाँ भरिएको गजगज हिलोका कारण सर्वसाधारणले निक्कै सास्ती खेप्नुपरेको छ । 

अव्यवस्थित रुपमा सडकभरि छरप्रष्ट भएका फोहोर र खाल्टाखुल्टीले गर्दा सडक झनै साँघुरिएको छ । यसकारण दुर्घटनाको जोखिम पनि बढेको सर्वसाधारण बताउँछन् ।

अर्कातर्फ कुहिएका, सडेका फोहोरबाट उत्पन्न असह्य दुर्गन्धकाका कारण नाकमुख नछोपी हिँडी साध्यै छैन ।

तस्वीर आफैं बोल्छ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?