काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न खोज्दा समय नदिएको बताएका छन् ।
संविधान संशोधन लगायत सरकार गठन हुँदा भएको ३ बुँदे सहमतिको कार्यान्वयनबारे जानकारी लिन राजपा अध्यक्षमण्डलका सबै सदस्यहरुले प्रधानमन्त्रीलाई भेटेर अल्टिमेटम दिन खोज्दा समय नपाएका हुन् ।
संविधान संशोधनलगायतका विषयमा ३ बुँदे सहमति गरेर राजपाले वर्तमान सरकारलाई सर्मथन गरेको थियो ।
राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरका अनुसार विगतमा राजपासँग भएको संविधान संशोधन, मधेश आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा फिर्ता, रेशम चौधरीलाई सांसद पदको सपथ दिलाउने र मधेशको समग्र विकास निमार्णको खाका माग्न खोजिएको हो । ठाकुरले भने, ‘हिजो बिहीबार भेट्ने हाम्रो निर्णय थियो तर, वालुटारबाट प्रधानमन्त्री व्यस्त रहेको भन्दै फोन आयो भेट हुन पाएन । आज कुनै खबर आएको छैन ।’ तर, प्रधानमन्त्रीको समय अभावका कारण राजपा नेताहरुसँग भेतवार्ता हुन नसकेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया