११ असार २०७९, शनिवार

तनहुँमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

२०७९,जेष्ठ,१०,मंगलवार १८:००

270
Shares

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ तल्लो गुणादीमा ना.४ ख ८४४५ नम्बरको बसले ग.२० प ६३३६ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा एक कजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा सवार भिमाद नगरपालिका–२ बस्ने ४० वर्षीया पवित्रा थापा रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक सोही ठाउँ बस्ने २० वर्षीय सुसिर थापालाई सोही अस्पताल हुँदै थप उपचारको लागि पोखरातर्फ लगिएको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार १८:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको आफ्नो छुट्टै भूमिका रहेको हुन्छ । उनीहरू पनि जनताबाटै प्रत्यक्ष रुपमा निर्वाचित भएर

रसुवा । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ र क्यान्जिन क्षेत्रका चौँरी पालक कृषकलाई २५ किलो ढिके नुन र त्रिपाल वितरण गरिएको

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार ८५२ जनाको पिसिआर र

काठमाडौं । पर्सा, झापा, काभ्रे र बर्दियामा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६