किचन पनि बन्न सक्छ प्यार झल्काउने ठाउँ

काठमाडौं । कामको व्यस्तता, टेन्सन र अत्यधिक थकानका कारण धेरै आफ्नो परिवारका लागि समय दिन पाउँदैनन् । यही नै धेरैका लागि समस्या बन्न थाल्छ ।

कतिपय त समय दिन नसकेकै कारण पारिवारिक झमेलामा पनि पर्ने गर्छन् । तर, यो खासमा ठूलो समस्या भने होइन ।

किचन एउटा त्यस्तो ठाउँ हुनसक्छ, जहाँ आफ्नी पत्नीलाई खुशी राख्नका लागि थोरै समय भए पनि पुग्छ । किचनमा स–साना काममा मद्दत गरेर आफ्नी जीवनसाथीलाई मख्ख पार्न सकिन्छ ।

खाना पकाउँदा रोमान्टिक भएर नयाँ नयाँ जोक्स सुनाएर रोमान्स गर्न सकिन्छ । जसले गर्दा परिवार अझ खुशी हुन्छ ।

छुट्टीका दिन मन पर्ने खाना आफै बनाएर खुवाउने गर्दा पनि पारिवारिक जीवन सुमधुर हुने गर्छ ।

त्यति मात्र होइन, कुनै त्यस्तो जुस खुवाउनुस्, जुन जुस दुवैका लागि मन पर्ने जुस होस् । जुस पिउँदै एकअर्काको आँखामा हेर्न पाइयोस् ।

बेडरुममा जानुभन्दा पहिले आफ्नी स्वीटहार्टको हात समाउँदै कफी बनाएर खुवाउनुस् । त्यसपछि हेर्नुस्, परिवार कति खुशी हुन सक्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?