प्रत्येक प्रदेश २ मा मेडिकल कलेज स्थापना गर्ने सरकारको लक्ष्य

लोकपथ
0
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रत्येक प्रदेशमा कम्तिमा २ मेडिकल कलेज प्रतिष्ठान स्थापना गर्ने भएको छ ।

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा सरकारले उक्त लक्ष्य राखेको बताए ।

‘प्रत्येक प्रदेशमा कम्तिमा २ मेडिकल कलेज प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने नीति लिइनेछ ।’

त्यसैगरी औषधिउपचारको क्रममा मृत्यु हुने बिरामीहरुको अभिलेख राख्ने व्यवस्था गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?