किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिइने

लोकपथ
494
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने घोषणा गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम मार्फत सो कार्यक्रम सार्वजनिक गर्दै स्तन क्यान्सर निदान एवं उपचारका लागि सहज बनाउने समेत घोषणा गरेको छ ।

‘किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइनेछ । स्तन क्यान्सर निदान एवं उपचारलाई सहज र सुलभ बनाउनका लागि विशेष कार्यक्रम ल्याइनेछ ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले बाचन गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

संघीय संसदमा नीति तथा कार्यक्रम सार्वजनिक भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?