आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

लोकपथ
273
Shares

सुनसरी । आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ वर्षीय सौगात सुबेदी रहेका छन् । उनले ४२ वर्षीया आमा शान्त सुवेदीको हत्या गरेको प्रहरीले जनाएको छ ।

हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो सौगातले धारिलो हतियारले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन् ।

उनको बिराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सौगातलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?