हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारको घोषणा

लोकपथ
156
Shares

काठमाडौं । सरकारले हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ ।

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा बताएकी हुन् ।

‘आगामी वर्ष हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले भनिन्उ ।

त्यसैगरी हराएका पुरातात्विक सम्पदालाई फिर्ता ल्याउन पहल गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?