पोखरा । विपक्षीका कारण सरकारले सोचेजस्तो काम गर्न नसकेको भूमि व्यव्स्थापन, सहकारी एवम् गरीबी निवारणमन्त्री पद्मा अर्यालको आरोप छ ।
आज पोखरामा सञ्चारकर्मी संग कुरा गर्दै मन्त्री अर्यलले विपक्षीले संसद अबरुद्ध गर्ने, अदालतमा रिट हाल्ने लगायतका काम गर्दा सरकारले सोंचेजस्तो काम गर्न नसकेको उनले बताइन् । तर पनि सरकारको काम सन्तोषजनक नै रहेको उनको दाबी छ ।
विपक्षीको यस्तो कामलाई पराजित गरेर जनतालाई बाँडेको समृद्धि र विकासको सपना पूरा गर्ने गर्न सरकार अगाडि बढ्ने उनको भनाइ छ ।
सरकार बनेको ४ महिना मात्र भएकाले मूल्यांकन गर्ने बेला नभएको मन्त्री अर्यालको भनाइ छ ।
अब आउने सबै चुनौतीलाई आत्मसाथ गर्दै जनताले परिवर्तनको महसुस गर्नेगरी सरकारले काम गर्ने उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया