२३ हजार ५९१ जनालाई जग्गाधनी प्रमाणपुर्जा दिइयो : राष्ट्रपति

लोकपथ
364
Shares

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले २३ हजार ५९१ जना नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा दिएको बताएकी छिन् ।

विभिन्‍न कारणले जग्गाधनी प्रमाणपुर्जा नभएका नागरिकहरूलाई सरकारले पुर्जा दिएको राष्ट्रपति भण्डारीले बताएकी हुन् ।

भूमिहीन र सुकुम्वासी नागरिकहरूलाई सरकारले स्थानीय तह निर्वाचनअघि पुर्जा उपलब्ध गराएको थियो ।

राष्ट्रपति भण्डारीले २०७८ भित्रै दिगो विकासका लक्ष्य प्राप्त गर्ने र देशलाई मध्य आय भएको मुलुकमा पुर्‍याउने सरकारको लक्ष्य रहेको पनि बताएकी छिन् ।

सन् २०२६ सम्ममा अति कम विकासोन्मुक मुलुकबाट स्तरोन्नती गरिने र त्यसका लागि ठोस योजना कार्यान्वयमा ल्याइने उनको भनाइ छ ।

यस्तै, कोभिड महामारीको बेला असहज परिस्थितिका कारण अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप परेको तर विस्तारै विप्रेषण र पर्यटन आयमा सुधार हुँदै गएको राष्ट्रपति भण्डारीको दाबी छ ।

अब क्रमशः आर्थिक संरचनाहरूलाई सबल बनाउँदै संकटग्रस्त जस्तै बनेको अर्थतन्त्रलाई सबलीकरण गर्नुपर्नेमा उनको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?