१३ असार २०७९, सोमवार

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

२०७९,जेष्ठ,१०,मंगलवार १६:२०

0
Shares

काठमाडौं । काठमाडौं, कैलाली, दोलखा र सिरहामा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ स्थित सडकमा बागमती प्रदेश ०१ ०२६ च २१५१ नम्बरको गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–१३ लामाचोर बस्ने ७१ वर्षीय ध्रुर्व प्रसाद रेग्मी रहेका छन् । उनको मंगलबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–१० आमखैयास्थित सडकमा ना.५ ख ८६९१ नम्बरको बस सोमबार दुर्घटना हुँदा बसका सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लम्किचुहा नगरपालिका–२ बस्ने २० वर्षीय पारस खत्री रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखड हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बसमा सवार ३ जनाको घोडाघोडी अस्पताल सुखडमा र एक जनाको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दोलखाको गौरीशंकर गाउँपालिका–७ खानीगाउँस्थित सडकमा बा।५ ख ३११७ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय लाल बहादुर बिक रहेका छन् । उनको सोमबार घटनास्थलमै मृत्यु भएको हो ।

सिरहाको गोलबजार नगरपालिका–६ लभटोलीस्थित भित्री सडकमा प्र।२–०१–००१ त ०६७५ नम्बरको ट्रयाक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १६ वर्षीय रामरिजन सदाय रहेका छन् । उनको सोमबार मृत्यु भएको हो ।

 

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार १६:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाबाट बच्न आम नागरिक नै सजग रहनुपर्ने बताएका छन् ।

काठमाडौं । मोरङ प्रहरीले ८ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । आइतबार साँझ जिल्लाको सुन्दरहरैचा नगरपालिका–५ मा शंकास्पद

काठमाडौं । मस्तिष्काघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन् ।

बाजुरा । बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्यांकअनुसार नौवटै स्थानीय तहका

ताजा समाचार

धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ
 २०७९,असार,१३,सोमवार २०:०३