अवैध सुनका गहनासहित भारतीय पक्राउ

वीरगञ्ज । प्रहरीले बाराबाट २५ ग्राम अवैध सुनका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला झारना ग्राम वडा नं. ३ बस्ने जोखन साह सोनारको छोरा जितेन्द्र साह सोनार रहेका छन् । 

प्रहरीले कलैयाबाट बरियारपुर तर्फ जाँदै गरेको भारतीय नम्बर बीआर ०५ यू २९२३ नम्बरको मोटरसाइकल चेकजाँच गर्नेक्रममा जितेन्द्रको साथबाट अवैध सुनका गरगहना फेला परेको थियो ।
बरामद गहनाको मूल्य १ लाख २२ हजार ६ सय ६३ रहेको प्रहरीले बताएको छ । 

पक्राउ परेका जितेन्द्र सोनारलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार पठाईएको जिल्ला प्रहरी कार्यालय बाराबा प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?