सेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’

लोकपथ
247
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार भने सेयर बजारको ओरालो यात्रामा ब्रेक लागेको छ । निरन्तर घटिरहेको बजारमा आज दोहोरो अंकको वृद्धि देखिएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १६ दशमलव ३२ अंकले बढेर २२१७ दशमलव १९ बिन्दुमा पुगेको हो ।

आज सेन्सेटिभ परिसूचक ३ दशमलव ६२ अंकले बढेर ४३२ दशमलव ६७ बिन्दुमा पुगेको छ अंकले

आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आज एक अर्ब ८ करोड ८८ लाख ३३ हजार रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ ।

नेप्सेका अनुसार दिनाभाए ३१ लाख ७३० कित्ता सेयर किनबेच हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

कुल १३ उपसमूहमा ११ वटा समूहको सेयर मूल्य बढेको छ, भने २ वटा उपसमूहको सेयरमूल्य घटेको छ । यस दिन हाइड्रोपावर समूहमा लगानीकर्ता आकर्षित भएको छ । १४९ कम्पनीको सेयर मूल्य बढ्दा आज ३८ कम्पनीको सेयर मूल्य घट्यो भने ५ कम्पनीमा कुनै परिवर्तन आएन ।

लक्ष्मी लघुवित्त, अप्पर तामाकोशी, विजय लघुवित्त, हिमालय उर्जा विकास कम्पनी, र नारायणी डेभलपमेन्ट बैंक लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले घटेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स, सुर्योदय वोमी लघुवित्त, जनरल इन्स्योरेन्स र गुराँस लघुवित्त लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?