अपहरणकारीहरु इन्काउन्टरमै मारिएको गृहमन्त्री थापाको दाबी

चितवन । गृहमन्त्री रामबहादुर थापाले ११ वर्षीय बालक निशान खड्काका अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दाबी गरेका छन् । 

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले फेक इन्काउन्टर हल्ला मात्र भएको बताए । 

अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको बताएका छन् । 

गृहमन्त्री थापाले समयमै काम नगर्ने ठेकदारहरुलाई सरकारले सचेत गराएको बताए । सरकारको कदमबाट ठेकदारहरुले समयमा नै काम सक्ने गरी काम गर्ने तदारुकता देखाउन थालेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?