एसियन कप छनोट खेलका लागि तालिका सार्वजनिक

लोकपथ
182
Shares

काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु–१७ एसियन कप छनोट खेलका लागि मंगलवार एएफसीले तालिका सार्वजनिक गरेको छ ।

एएफसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह एफमा परेको छ । चार टोली रहेको समूहमा नेपालसहित थाइल्याण्ड, भियतनामा र चाइनिज ताईपेइ रहेका छन् । एएफसीले जारी गरेको तालिका अनुसार नेपाल सम्मिलित समूहका छनोट खेल भियतनाममा अक्टोबर १ देखि ९सम्म हुने तालिका छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने खेलको समूह विजेताले बहराइनमा आयोजना हुने एशियन कपमा स्थान बनाउने छन्। एएफसीले छनोट खेल्न लागेका एशियाली ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर मंगलवार तालिका सार्वजनिक गरेको हो ।

१० समूहअन्तर्गत समूह डीसम्म पाँच टोली रहेका छन् । यस्तै, अन्य समूहमा चार टोली समावेश गरिएको छ । एशियाली पावर हाउस समूह ‘ए’ मा अटाएको छ भने छिमेकी भारत समूह ‘डी’मा समावेश छ । सँगै अर्को दक्षिण एशियाली राष्ट्र माल्दिभ्स पनि समूह ‘डी’मा नै रहेको छ । यस्तै, भुटान र बंगलादेश समूह ‘ई’मा छन् भने श्रीलंका समूह ‘जे’मा समावेश छ ।

हरेक समूहको विजेताले बहराइनको यात्रा तय गर्नेछ । यस्तै समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले समेत एसियन कप खेल्नेछ । एएफसी यु–१७ एसियन कपमा १६ टोलीले प्रतिष्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?