राष्ट्रिय खेलकुद सर्‍याे, नयाँ मिति असोज अन्तिम साता

लोकपथ
104
Shares

काठमाडौं । गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अभावका कारण सरेको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाको उपस्थितिमा भएको कार्यक्रमले मिति सरेको जनाएको हो ।

नवौं खेलकुद प्रतियोगिता २२ देखि २८ जेठमा हुने पूर्वनिर्धारित तालिका थियो ।

नयाँ मिति २८ असोजदेखि ३ कात्तिकका लागि तोकिएको छ । युवा तथा खेलकुद मन्त्री गहतराजले वर्षा समय र दशैँ तिहार नछेकिने गरी मिति तय गरेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?