वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२८, वगहीमा आगलागी भएको छ । आगलागीमा एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
स्थानीय बद्री महतोको घर आगलागीबाट जलेर पूर्णरुपमा नष्ट भएको हो ।
आगलागीबाट एउटा भैंसी, ५ वटा बाख्रा, ४ लाख बराबरको टेन्टको समान, लत्ताकपडा सबै जलेर नष्ट भएको बद्रिको छोरा विनय मण्डलले बताए ।
लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर आगलागी भएको अनुमान गरिएको छ ।
आगलागी पछि १३ जना सदस्य रहेको मण्डल परिवारको बिचल्ली भएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले आगलागीबाट ४ लाख ३५ हजार मूल्य बराबरको क्षति भएको अनुमान गरिएको बताए ।
राति भएको आगलागी दमकलको सहयोगमा नेपाल प्रहरी, स्थानीय बासिन्दा मिलेर नियन्त्रणमा आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया