त्रियुगा नगरपालिकामा निर्वाचन भएको ११ दिनपछि मतगणना सुरु

लोकपथ
611
Shares

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ । ३० वैशाखमा भएको मतदानको क्रममा विवाद भएपछि त्रियुगा नगरपालिका वडा नम्बर १२ को मतदान नै स्थगित भएको थियो । दलहरुले पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगको निर्देशनमा ११ दिनपछि मतगणना सुरु गरिएको हो ।

त्रियुगा-१२ को जनप्रेमी माविमा रहेका क ख ग मतदान केन्द्रमा ३० वैशाखमा भएको मतदानका क्रममा सो केन्द्रमा पुन: मतदान गर्नुपर्ने वा मतगणना गर्ने विषयमा दलहरुबीच विवाद भएपछि मत गणना सुरु हुन सकेको थिएन ।

विवादित उक्त मतदान केन्द्रको निर्वाचन आयोगको टोलीले स्थलगत अनुगमन पनि गरेको थियो । तर, लामो समय आयोगको निर्णय नआउँदा पुन:मतदान हुने वा मतगणना हुने भन्ने अन्योल थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?