पार्टीलाई वडामा जिताउन नसकेपछि माओवादी नेताले दिए राजीनामा (पत्रसहित)

लोकपथ
1.4k
Shares

दाङ । जिल्लाको तुलसीपुर उपमहानरपालिका वडा नं १५ मा माओवादी केन्द्रलाई जिताउन नसकेपछि माओवादी केन्द्रका वडा कमिटीका अध्यक्षले राजीनामा दिएका छन् ।

तुलसीपुर उपमहानगर(१५ मा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धन गरिएको थियो । वडाध्यक्ष माओवादी केन्द्रको भागमा परे पनि जित हासिल गर्न नसकेको भन्दै देवबहादुर बस्नेतले वडाकमिटीको अध्यक्षबाट राजीनामा दिएका हुन् ।

‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले गठबन्धनका तर्फबाट स्थानीय तहको निर्वाचनमा पाएको वडा अध्यक्ष पदमा निर्वाचित गर्न गरिएको प्रयास सफल हुन सकेन । तसर्थ मैले आजैका मिति २०७९-०१-१० गतेका दिनदेखि लागू हुनेगरी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको वडा कमिटीको अध्यक्ष पदबाट नैतिकताको आधारमा राजीनामा गरेको व्यहोरा यसै पत्रमार्फत जानकारी गराउछु ।’ उनले नगर कमिटीका अध्यक्षलाई सम्बोधन गरेर लेखिएको पत्रमा भनिएको छ ।

त्यसैगरी उनले आफूहरुलाई गठबन्धनमा आवद्ध दलह?ले गरेको सहयोगको लागि धन्यवाद समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?