१३ चैत्र २०७९, सोमवार

भेट होला, नहोला भन्दै छुट्टिए सांसद

२०७४,आश्विन,२९,आईतवार ०१:१८

0
Shares

काठमाडौं, २९ असोज- ‘छुट्टिने बेला के भन्ने ? सांसदको रूपमा हामी छुट्टिँदै छौं’ एमाले अध्यक्ष केपी ओलीले शनिबार रोस्ट्रममा उभिएर भाषण गर्दै गर्दा सांसद दीर्घामा चिन्ता र सन्नाटा छाएको थियो। रूपान्तरित संसद्को अन्तिम दिन संसद् सचिवालयले गरेको बिदाइ समारोहमा शीर्ष नेताहरूले संविधान बनाउन सकेकोमा गर्व महसुस गर्दै गर्दा अधिकांश सांसदको अनुहार मलिन थियो, अन्नपूर्ण पोस्टमा खबर छ ।आगामी प्रतिनिधिसभाको निर्वाचनमा हालका अधिकांश सांसद उम्मेदवारको सिफारिसमा परेका छैनन्। समानुपातिक कोटामा आएका सांसदको त कुरै छाडौं, ०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ जितेका अधिकांश सांसद पनि उम्मेदवारको सिफारिसमा छैनन्। सत्तासीन कांग्रेसका अधिकांश बहालवाला सांसदको नाम दर्जनौं आकांक्षीबीच केन्द्रमा सिफारिसमा पुगेको छ भने एमालेका प्रत्यक्षतर्फ जितेका कैयौं सांसदको नाम स्थानीय कमिटीबाटै सिफारिस हुन सकेन।‘सांसदहरूमा भविष्यप्रति द्विविधा छ। तर, जनताको ७० वर्षदेखिको चाहना पूरा गर्न सक्नु संविधानसभा र संसद्को सबैभन्दा महत्वपूर्ण पक्ष हो,’ कांग्रेसका सांसद रामहरि खतिवडाले भने।एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएपछि यी दलबाट सिफारिसमा परेका सांसदका उम्मेदवार पनि धुकचुक गर्दै थिए। ‘६० र ४० को भागबन्डाले अधिकांशले आफ्नो चुनाव क्षेत्र सुरक्षित महसुस गर्न सकेका छैनन्,’ एमाले सांसद कृष्णभक्त पोखरेलले भने, ‘सबैले आफूलाई असुरक्षित नै महसुस गरिरहेका छन्।’ प्रत्यक्षतर्फ २ सय ४० निर्वाचन क्षेत्र घटेर १ सय ६५ मा झरेपछि अधिकांश सांसदको निर्वाचन क्षेत्र असुरक्षित बनेको थियो।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०१:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६