यौन दुर्व्यवहारको आरोप लागेका सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर पक्राउ

लोकपथ
3.3k
Shares

काठमाडौं । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेका क्याम्पसका कोअर्डीनेटर पक्राउ परेका छन् । प्रहरीले काभ्रे घर भएका क्याम्पसका कोअर्डीनेटर जनार्दन अधिकारीलाई मंगलबार पक्राउ गरेको हो ।

अधिकारी नेकपा एमालेका नेता हुन् । उसेन्ट लरेन्स कलेजका विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै यतिबेला कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् । दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् ।

माध्यमिक तहमा सामाजिक विषयका शिक्षक समेत रहेका अधिकारीले कक्षा ११ र १२ का मात्रै नभएर साना बालिकामाथि पनि यौन दुर्व्यवहार गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?