पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पर्वतमा एक सय ३५ सदस्यीय कमिटीको टुंगो लागाएको छ ।
पार्टी एकता संयोजन कार्यदलले बिहीबार साविकको नेकपा (एमाले)बाट ७२, नेकपा (माओवादी केन्द्र)बाट ५८ तथा मनोनित पाँच सदस्य गरी कमिटीको टुंगो लगाएको हो । पार्टी एकता संयोजन समितिले साविक एमालेबाट ५५ प्रतिशत र साविक माओवादी केन्द्रबाट ४५ प्रतिशत सदस्य रहने गरी कमिटीको टुंगो लगाएको कार्यदलका सदस्य गोविन्द पहाडीले जानकारी दिए ।
कमिटीका एक सय ३० जनाको नामावली आज सार्वजनिक गरिनेछ भने सहमतिका आधारमा पदाधिकारी टुंगो लगाइने बताइएको छ ।
सहमतिमा अध्यक्ष र सचिव टुंगो लगाउने प्रयास भइरहेको कार्यदलका संयोजक एवं नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया