अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बिक्री खुला

लोकपथ
702
Shares

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (मंगलबार) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित अर्थात् संखुवासभाका स्थानीयलाई १०० अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्काशन गरेको हो। यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

उक्त आईपीओ छिटोमा जेठ २४ गतेसम्म खुला रहनेछ । सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद असार ८ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु बैंकको खाँदबारी शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, सिद्धार्थ बैंकको खाँदबारी शाखा, प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार, सभापोखरी शाखा र नेपाल बङ्गलादेश बैंकको पाँचखपन शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?