काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सरकार, संसद र स्थानीय तहको महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिले पार्टीको कुनै पनि कमिटीको कार्यकारी पदको जिम्मेवारी नपाउने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिले पार्टीको कार्यकारी पद नपाउने गरी निर्णय गरेको जानकारी नेकपाका नेता नारायणकाजी श्रेष्ठले दिए ।
तर प्रधानमन्त्री, पार्टी अध्यक्ष, संघीय संसदीय दलको नेता र उप नेताको हकमा भने यो मापदण्ड लागू हुने छैन । गोरखापत्र दैनिकमा यसबारे विस्र्तत खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया