१३ असार २०७९, सोमवार

युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की

२०७९,जेष्ठ,१०,मंगलवार ११:०५

450
Shares

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने विषयमा आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न चाहेको बताएका छन् ।

डाभोसमा जारी विश्व आर्थिक मञ्चको सम्मेलनलाई भर्चुअल माध्यममार्फत् सम्बोधन गर्दै रुसी सेनाले सर्वसाधारणलाई गर्ने व्यवहारका कारण वार्ताको व्यवस्था गर्नु झनै कठिन भएको बताए । रुसले सर्वसाधारणलाई निशाना नबनाएको बरु सैन्य क्षमतालाई हस गर्न कारबाही गरिएको दाबी गर्दै आएको छ ।

‘यस बारेमा रुसी संघका अध्यक्षले निर्णय गर्नुहुन्छ’, वार्तातर्फ संकेत गर्दै जेलेन्स्कीले दोभाषेमार्फत् भने, ‘यदि हामी व्यक्तिगत रुपमा उहाँबिना यो युद्ध समाप्त गर्ने कुरा गर्दै छौँ भने त्यो निर्णय लिन सकिँदैन । ’

युद्धको सुरुमा रूसी सेनाले कब्जा गरेको क्षेत्रहरू विशेषगरी राजधानी किभबाहिर रुसी सेनाको तर्फबाट भएका सामूहिक हत्याले वार्तालाई व्यवस्थित गर्न गाह्रो बनाएको जेलेन्स्कीले बताए ।
एजेन्सी

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार ११:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । बुल्गेरियाका प्रधानमन्त्री किरिल पेटकोभले अविश्वासको प्रस्ताव पारित भएपछि आफ्नो गठबन्धन सरकारको तर्फबाट राष्ट्रिय सभामा सोमबार राजीनामा बुझाएका छन् ।

१  नवनियुक्त्त चार मन्त्री र एक राज्य मन्त्रीले लिए पद तथा गोपनियताको शपथ, सबैले आजै कार्यभार सम्माल्दै आफनो कार्यकाल उपलब्धीमुलक

काठमाडौं । जापानको सरकारले टोकियो र यसको वरपर क्षेत्रका ३ करोड ७० लाख मानिसहरूलाई बिजुली थोरै प्रयोग गर्न आग्रह गरेको

काठमाडौं । मध्यफिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको र उद्धारकर्ताहरूले अहिले दुई जना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको

ताजा समाचार

धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ
 २०७९,असार,१३,सोमवार २०:०३