१३ असार २०७९, सोमवार

वीरगञ्जमा गठबन्धन विजयी, मेयरमा राजेशमान र उपमेयरमा आलम निर्वाचित

२०७९,जेष्ठ,१०,मंगलवार १०:५३

207
Shares

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले जित हासिल गरेका छन् ।

मंगलबार बिहान आएको अन्तिम नतिजा अनुसार मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् ।

राजेशमानले नेकपा एमालेका उम्मेदवार विजय सरावगीलाई २२ हजार ५५५ मत बढी मतान्तरले जित हासिल गरेका हुन् । जसअनुसार राजेशमानले ४६ हजार २१५ मत प्राप्त गरेका छन् भने विजयले २३ हजार ६७१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा निर्वाचित आलमले ३० हजार ७८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार पुरुषोतमलाल झाले ९ हजार ५ सय ६८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार १०:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । भारी वर्षाका कारण खोटाङको बराहपोखरी गाउँपालिकाका सबै सडक ठप्प भएको छ । गत १० असार राती परेको अबिरल

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ति सरकार जिम्मेवार रहेको

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भएको

लमजुङ । तत्काल मल उपलब्ध गराउन राप्रपा लमजुङले कृषि ज्ञान केन्द्र लमजुङमा ज्ञापनपत्र बुझाएको छ । राष्टिय प्रजातन्त्र पार्टी लमजुङले

ताजा समाचार