भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि रेनु दाहाल विजयी

लोकपथ
217
Shares

भतरपुर । भरतपुर महानगरपालिकाको मतगणना सम्पन्न भएको छ । मंगलबार भरतपुरको मतगणना सम्पन्न हुँदा मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहाल भारी मतान्तरले विजयी भएकी छन् ।

कुल १२७५०८ मत गणना हुँदा रेनु दाहालले ५२ हजार ३० मत पाइन् भने एमालेका विजय सुवेदीले ३९५८१ मत पाए ।

त्यस्तै गठबन्धनविरुद्ध असन्तुष्ट रहेका स्वतन्त्रबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले १४ हजार ७२८ मत ल्याएका छन् ।

 

त्यसैगरी उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ५२ हजार ८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी उम्मेदवार हिमला गुरुङलाई २२ हजार १९१ मत अन्तरले हराए । हिमलाको पक्षमा ३० हजार ६१२ मत परेको छ ।

निर्वाचन आयोगले मतगणनाको औपचारिक घोषणा गर्दैछ ।

यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाबाट मेयरमा निर्वाचित भएकी उनको यो दोस्रो कार्यकाल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?