काठमाडौं महानगर : मेयरमा बालेनको फराकिलो मतान्तर, उपमेयरमा डंगोलको एकलौटी अग्रता

लोकपथ
8.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह ४८ हजार ८९ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले २९ हजार १ सय ८० मत ल्याएकी छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापित २८ हजार ३ सय २६ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६ हजार १ सय ९३ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले २ हजार ९ सय ९६ मत प्राप्त गरेका छन् भने विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले ३ सय ४४ मतमा चित्त बुझाएकी छिन् ।

त्यस्तै, यता काठमाडौंको उपमेयरमा भने एमाले डगमगाएको छैन । नेकपा एमालेकी सुनिता डंगोल ४४ हजार ७ सय ५ मतका साथ अग्रतामा छिन् ।

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले १५ हजार २ सय ८२ मत पाएका छन् । उनीहरुबीच २९ हजार ४ सय २३ मतको मतान्तर रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले ७ हजार २३ मत ल्याएकी छिन्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?