१९ मङ्सिर २०७९, सोमवार

भेट होला, नहोला भन्दै छुट्टिए सांसद

२०७४,आश्विन,२९,आईतवार ०१:१८

0
Shares

काठमाडौं, २९ असोज- ‘छुट्टिने बेला के भन्ने ? सांसदको रूपमा हामी छुट्टिँदै छौं’ एमाले अध्यक्ष केपी ओलीले शनिबार रोस्ट्रममा उभिएर भाषण गर्दै गर्दा सांसद दीर्घामा चिन्ता र सन्नाटा छाएको थियो। रूपान्तरित संसद्को अन्तिम दिन संसद् सचिवालयले गरेको बिदाइ समारोहमा शीर्ष नेताहरूले संविधान बनाउन सकेकोमा गर्व महसुस गर्दै गर्दा अधिकांश सांसदको अनुहार मलिन थियो, अन्नपूर्ण पोस्टमा खबर छ ।आगामी प्रतिनिधिसभाको निर्वाचनमा हालका अधिकांश सांसद उम्मेदवारको सिफारिसमा परेका छैनन्। समानुपातिक कोटामा आएका सांसदको त कुरै छाडौं, ०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ जितेका अधिकांश सांसद पनि उम्मेदवारको सिफारिसमा छैनन्। सत्तासीन कांग्रेसका अधिकांश बहालवाला सांसदको नाम दर्जनौं आकांक्षीबीच केन्द्रमा सिफारिसमा पुगेको छ भने एमालेका प्रत्यक्षतर्फ जितेका कैयौं सांसदको नाम स्थानीय कमिटीबाटै सिफारिस हुन सकेन।‘सांसदहरूमा भविष्यप्रति द्विविधा छ। तर, जनताको ७० वर्षदेखिको चाहना पूरा गर्न सक्नु संविधानसभा र संसद्को सबैभन्दा महत्वपूर्ण पक्ष हो,’ कांग्रेसका सांसद रामहरि खतिवडाले भने।एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएपछि यी दलबाट सिफारिसमा परेका सांसदका उम्मेदवार पनि धुकचुक गर्दै थिए। ‘६० र ४० को भागबन्डाले अधिकांशले आफ्नो चुनाव क्षेत्र सुरक्षित महसुस गर्न सकेका छैनन्,’ एमाले सांसद कृष्णभक्त पोखरेलले भने, ‘सबैले आफूलाई असुरक्षित नै महसुस गरिरहेका छन्।’ प्रत्यक्षतर्फ २ सय ४० निर्वाचन क्षेत्र घटेर १ सय ६५ मा झरेपछि अधिकांश सांसदको निर्वाचन क्षेत्र असुरक्षित बनेको थियो।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०१:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कानुन बनाउने मुख्य थलो सङ्घीय संसद् भवन निर्माणका क्रममा कानून उल्लंघन भएको भेटिएको छ । भवन निर्माण वातावरणीय

काठमाडौं । सुकुम्बासीले आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बागमती नदी किनाराका सुकुम्बासीले आज माइतीघरदेखि

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय

काठमाडौं । डीएभी विद्यालयले शिक्षकहरुलाई लक्षित गर्दै तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवम् कार्यशाला गोष्ठी शुक्रवार शुरु गरेको छ ।

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८