मकवानपुरका लामाद्वारा एन्फा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

लोकपथ
208
Shares

हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । असार ६ गते हुने एन्फाको साधारणसभा तथा अधिवेशनका लागि उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलबाट उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । शेर्पा र वर्तमान कार्यसमितिका उपाध्यक्ष पंकजविक्रम नेम्वाङले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

दोस्रो कार्यकालका लागि जिल्ला फुटबल संघको अध्यक्षमा निर्वाचित भएका लामाले जिल्ला र केन्द्रको बीचमा पुलको काम गर्न केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?